जिल्ला सहकारी संघ ललितपुरको अध्यक्षमा केदार गोर्खाली निर्वाचित भएका छन् । संघको हिजो सम्पन्न ३० औं वार्षिक साधारण सभामा भएको निर्वाचनमा केदार गोर्खालीले २३९ मत ल्याई अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्षमा प्रतिस्पर्धी राजेन्द्र पौड्यालले १५३ मत ल्याएका हुन् ।
त्यस्तै उपाध्यक्षमा रामशरण बस्नेत २५२ मत लाई विजयी भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी विभुशोन शाक्यले १५३ मत ल्याएका थिए । त्यस्तै महिला उपाध्यक्षमा २३७ मत ल्याई विजयी भएकी छिन् । त्यस्तै सचिवमा २७२ मत ल्याई अनिलविर बज्राचार्य विजयी भए भने प्रतिस्पर्धी शशिधर पोखरेलले १२८ मत ल्याएका थिए । निर्वाचनमा कुन ४ सय २२ मत खसेको थियो ।
यस्तै निर्वाचनबाट महिला सदस्यहरुमा सुष्मा भुजेल महर्जन, ईन्द्र कुमारी थापा, शान्ता लक्ष्मी खड्गी, शर्मिला सिं तथा शर्मिला तिमल्सिना बिजयी भएका छन् ।
निर्वाचनले संचालक समितितर्फ पुरुषोत्तम बजगाई, खुला सञ्चालक समितितर्फबाट नव राज बिष्ट, शम्भु प्रसाद पौडेल, राम भक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन चुनेको छ । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा बद्री प्रसाद सञ्जेल र महेन्द्र कुमार महर्जन निर्वाचित भएका हुन् ।