शनिबार, कार्तिक ८ गते २०८३

सामूहिक साकोसको विस्तारित मञ्च र क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

चैत्र २०, २०७८ आइतबार
सामूहिक साकोसको विस्तारित मञ्च र क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न


सामूहिक साकोसले विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको विस्तारित मञ्च कार्यदलका संयोजक कृष्णहरि सैँजुको सभाजतित्वमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको प्रमुख आतिथ्यतामा तथा लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठको बिशेष आतिथ्यतामा विस्तारित मञ्च कार्यक्म सम्पन भएको हो ।

वर्तमान परिस्थितिमा समग्र बैँक तथा वित्तीय संस्थाहरुको समान समस्याको रुपमा देखिएको तरलता समस्या समाधानका लागि विस्तारित मञ्चको आयोजना गरेको संस्थाका व्यवस्थापक कविन्द्र धौवन्जारले बताए । संस्थाका उद्योगी व्यवसायी शेयर सदस्यहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा संस्थाका संस्थाका संचालक, लेखा समिति, शेयर सदस्य र शुभचिन्तक गरी जम्मा ५५ जनाको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले कार्यक्रमको उद्घाटनका क्रममा २०७९ सालको क्यालेण्डर विमोचन गर्दै सहकारी संस्थाले नितीगत सहभागिता हुने कार्यक्रमहरुको महत्वबारे प्रकाश पारेका थिए । समापनका क्रममा संयोजकले सहकारी संस्थाले साधारण सभामा सबै सदस्य एक साथ बोलाउँदा सबैको जिज्ञासा सुन्न नसकिने हुँदा विस्तारित मञ्च जस्ता कार्यक्रमको आयोजना गरि निश्चित विषयमा छलफल गर्नका लागि सम्भावित निश्चित समूहका विच छलफल कार्यक्रम गर्नु आवश्यक रहेको जनाए ।