शुक्रबार, कार्तिक ७ गते २०८३

मिलिजुली कालिञ्चोक साकोसद्धारा बिधालयहरुमा बितिय साक्षरता कार्यक्रम आयोजना

चैत्र १९, २०७८ शनिबार
मिलिजुली कालिञ्चोक साकोसद्धारा बिधालयहरुमा बितिय साक्षरता कार्यक्रम आयोजना

दोलखा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले ६५ औं राष्ट्रिय सहकारी दिवसको पुर्व सन्ध्यामा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने नौं वटा पालीका मध्ये विगु, गौरीशंकर, कालिञ्चोक र शैलुङ्ग गाउँपालीकामा बिबिध कार्यक्रम गरेको हो । राष्ट्रिय सहकारी दिवसको अवसर पारी उल्लेखित पालीकाभित्र रहेका केही बिद्यालयहरुमा बित्तिय साक्षरता तथा स्टेसनरी बितरण, पहिला बितरण गर्न बाँकी केही स्थानमा स्ट्रेचर बितरण र जेष्ठ शेयर सदस्यलाई टेक्ने लठ्ठी बितरण गरेको जनाएको छ ।

यसैगरी सहकारी दिवसकै अवसर पारेर सामाजिक कार्यक्रम अन्तर्गत आज विगु गाउँपालीका वडा नंं ७ मा रहेको बिगु गुम्बामा २६ थान बस्ने कुर्सि प्रदान गरेको छ । आवद्ध सबै शेयर सदस्य तथा कार्यक्षेत्रभित्रका बिद्यालयहरुमा अध्ययन गर्ने सबै बिद्यार्थिहरुलाई स्लाईड प्रस्तुतिको माध्यामद्धारा बित्तिय साक्षरता कार्यक्रम प्रदान गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए ।