शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी दिवसको अवसरमा जनमुखी साकोसकाे रक्तदान तथा डस्टबीन वितरण कार्यक्रम

चैत्र १९, २०७८ शनिबार
सहकारी दिवसको अवसरमा जनमुखी साकोसकाे रक्तदान तथा डस्टबीन वितरण कार्यक्रम

 

यस जनमुखी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

मैनापोखरी रहेको संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान तथा र मैनापोखरी बजारको लागि डस्टविन वितरण कार्यक्रम गरेको हो । 

संस्थाका अध्यक्ष मावधप्रसाद दहालको सभापतित्व, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाईटी दोलखाका अध्यक्ष गोकर्णप्रसाद पोखरेलको आतिथ्यमा कार्यक्रम भएको हो । 

रक्तदान कार्यक्रममा ३१ जनाले सहभागी जनाएका थिए । त्यसैगरी मैनापोखरी बजार क्षत्रलाई “हाम्रो अभियान, स्वच्छ वातावरण” भन्ने नाराका साथ २० थान डस्टबीन संस्थाका अध्यक्ष दहालले उद्योग वाणिज्य संघ मैनापोखरीका प्रतिनिधि लाई हस्तान्तरण गरिएको थियो । 

कार्यक्रम संस्थाका सचिव लक्ष्मण चौलागाईं सञ्चालन गरेका थिए भने उपाध्यक्ष गीताकृष्ण शर्माले स्वागत मन्तव्य दिएका थिए। 

dustbin.jpg