शुक्रबार, कार्तिक ७ गते २०८३

परोकार महिला साकोसद्धारा स्टेशनरी प्रदान

चैत्र १९, २०७८ शनिबार
परोकार महिला साकोसद्धारा स्टेशनरी प्रदान

६५ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा परोपकार महिला साकोसले सामाजिक कार्य अन्तर्गत भीमेश्वर नगरपालिका ५ स्थित गौरीशंकर बालगृहका २८ जना वालकहरूको लागि स्टेशनरीको सामग्री   प्रदान गरेको छ ।

संस्थाका सञ्चालक समिति ,उप समिति तथा कर्मचारीको उपस्थितमा सोही बालगृहका अध्यक्ष रामप्रसाद सापकोटालाई   सामग्री हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष सरु सापकोटाले जानकारी दिइन । संस्थाले सामजिक उतरदायित्व अन्तर्गत  समुदाय र सदस्यलाइ लक्षति गरि  समय समयमा यस्ता कार्यहरु गर्दै आएको छ ।