सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौला र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीेले संस्थाका सेयर सदस्य, कर्मचारी तथा सरोकारवाला सबै निकायलाई शुभकामना तथा धन्यबाद व्यत गरेका छन् ।
संस्थाले गरिबी न्यूनिकरण, रोजगारी सिर्जना, स्वास्थ्य , बिमा , सामाजिक क्षेत्र एवम् कृषि तथा पशुपालन क्षेत्रमा रचनात्मक काम गरेको छ । संस्थाको सदस्य १ लाख ६० हजार पुगेको संस्थाले जनाइएको छ ।संस्थाको सेयर पुँजी १ अर्ब ९५ करोड पुगेको छ । संस्थाले ९ अर्ब ५६ करोड बचत संकलन गरी १३ अर्ब १६ करोड ऋण प्रवाह गरेको जनाएको छ । त्यसैगरी संस्थाको कुल वासलात १५ अर्ब पुगेको जनाएको छ ।