६५औं राष्ट्रिय सहकारी दिवसको अबसरमा जिल्ला सहकारी संघ काठमाडौंको महानगर उपसमितिको आयोजना र राष्ट्रिय सहकारी बैंक न्यूरोड शाखाको सहआयोजनामा सहकारीमा सुशासन र तरलता व्यवस्थापन विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महानगर क्षेत्रका करिब एक सय सहकारी सस्थाका प्रतिनिधिहरु सहभागी भएको उक्त कार्यक्रममा सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद गुरागाईले तरलता व्यवस्थापन र सहकारी विज्ञ ऋषिराज घिमिरेले सहकारीमा नेतृत्व र सुशासन विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कार्यकमको उद्घाटन गदै पछिल्लो समय तरलता अभाव देखिनुको कारण राज्य र बैंक तथा वित्तीय संस्थाहरु रहेको बताए ।