जिल्ला सहकारी संघ काठमाडौंले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न कार्यक्रम तय गरेको छ । संघको बुधबार सम्पन्न बैठकले नगरस्तरीय जिल्ला संघको समन्वयमा विभिन्न ९ वटा गतिविधि गर्ने निर्णय गरेको हो ।
संघले कागेश्वरी मनोहरा नगर उपसमितिको आयोजनामा चैत्र १८ गते वृद्धाश्रममा खाद्यन्न सामग्री वितरण तथा फूलसहितको गमला वितरण गर्ने भएको छ । कागेश्वर वडा नम्बर १ तथा हाम्रो सुनौलो संसार परिसरबाट उक्त स्थानमा सहयोग हस्तान्तरण गर्नेछ ।
तारकेश्वर नगर उपसमितिमार्फत कान्तिपुरी एबि पार्टी प्यालेस नेपालटारमा चैत्र १८ गते बिहान ११ बजे सहकारीसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम रहेको छ ।
चन्द्रागिरी नगर उपसमिति तथा स्युचाटार साकोसमार्फत माताथीर्थ वृद्धाश्रम चन्द्रागिरी नगरपालिकामा चैत्र १८ गते दिउँसो ज्येष्ठ नागरिकहरुलाई भोजन तथा फलफूल ग्रहण गराउनेछ । गोकर्णेश्वर नगर उपसमितिमार्फत चैत्र १९ गते गोकर्णेश्वर नगरपालिका बेँसीगाउँको अनाथ आश्रममा खाद्यन्न वितरण गरिने भएको छ ।
दक्षिणकाली नगर उपसमितिमार्फत दक्षिणकाली फर्पिङ पार्टी प्यालेसमा चैत्र २० गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ । बुढानिलकण्ठ नगर उपसमितिमार्फत बुढानिलकण्ठ नगरपालिका परिसरमा चैत्र २० गते बिहान ८ बजे रक्तदान कार्यक्रम रहेको छ ।
नार्गाजुन नगर उपसमितिमार्फत नार्गाजुन नगरपालिका होटल च्वाइस स्वयम्बुमा चैत्र २० गते ११ बजे सहकारीसम्बन्धी चेतनामूलक सांस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । चन्द्रागिरी नगर उपसमितिमार्फत चन्द्रागिरी नगरपालिकाको क्रिशक्ति पार्टी प्यालेस चैत्र २० गते सहकारीसम्बन्धी अन्तरक्रिया आयोजना गर्ने भएको छ ।
जिल्ला सहकारी संघ काठमाडौं तथा काठमाडौं महानगरपालिकाले स्काई दरबार ब्यांकेटमा चैत्र २० गते दिउँसो २ बजे स्थानीय सरकार र जिल्ला संघको भूमिका विषयक अन्तरक्रिया गोष्ठी हुने अध्यक्ष ज्ञानबहादुर तामाङ जानकारी दिए ।