शनिबार, कार्तिक ८ गते २०८३

चन्द्रागिरि साकोसको साताव्यापी उद्यमशीलता विकास तालिम

चैत्र १५, २०७८ मंगलबार
चन्द्रागिरि साकोसको साताव्यापी उद्यमशीलता विकास तालिम

 

चन्द्रागिरि साकोसले उद्यमशीलता विकास तालिम शुरु गरेको छ । आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्ने अभिप्रायले लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा उद्यमशीलता विकास तालिम सञ्चालन गरेको हो । तालिम चैत्र १५ गते देखी २२ गते सम्म सञ्चालन हुनेछ ।

तालिममा सहभागीहरुलाई उद्यमशीलता सम्बन्धी विभिन्न विषयहरुमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिममा मुख्यतया व्यवसायिक योजना तर्जुमा, उद्यम सञ्चालन, उद्यमको कारोवार व्यवस्थापन, बैंक वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियत कर्जा सम्बन्धी ज्ञान र सफल उद्यमीको सफलताको अनुभव साटासाट हुनेछ । 

तालिमको उद्घाटन सत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, सहसचिव शरद कुँवर, तालिम सहजकर्ता डा. रामजी न्यौपाने, प्रमुख अतिथि लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका प्रमुख ऋषिराम पंगेनी र संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले तालिमका विभिन्न पक्षहरुमा प्रकाश पारेका थिए ।