शनिबार, आश्विन १७ गते २०८३

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा रू १०० बोनस

चैत्र १०, २०७८ बिहीबार
खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा रू १०० बोनस

 

खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाउने अफर ल्याएको छ । यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ । 

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । ती मध्ये पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ । बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाइसी प्रमाणित गर्नुपर्छ । अफर आगामी बैशाख ८ गतेसम्म लागु हुनेछ । 

प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन् । यसले सबैलाई तुरुन्तै विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरूको झन्झटमुक्त भुक्तानी गर्न सक्नेछन् ।