चमेली कल्याणकारी साकोसले सूर्यविनायक नगरपालिकाको गुन्डु चोकमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ ।
संस्थाका अध्यक्ष चन्द्रराज खड्काकाे सभापतित्व एवं भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतकाे प्रमुख अातिथ्यतामा एक समारोहकाबीच सेवा केन्द्रको शुरू गरिएकाे हाे। उक्त सेवा केन्द्रबाट सदस्य विस्तार, बचत संकलन र ऋणको कारोबार समेत हुने संस्थाले जनाएको छ । उद्घाटन कार्यक्रममा भक्तपुर बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, संस्थाका सञ्चालक तथा विभिन्न उपसमिति, कर्मचारी, सदस्य तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
त्यस क्षेत्रमा सदस्यको संख्या बढ्दै गएकाले उनीहरुलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउन संस्थाले सेवाकेन्द्र सञ्चालनमा ल्याएको प्रबन्धक सुदर्शन चौलागाईंले जानकारी दिए ।
स्थास्थ्य शिविरबाट ३५० जना लाभान्वित

त्यसैगरी संस्थाले हालै स्वास्थ्यशिविर समेत आयोजना गरेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा बृहत स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा ३५० जना भन्दा बढी सदस्य तथा सदस्यका परिवार र दधिकोट ईङ्लिस सेकेन्डरी स्कूलका विद्यार्थीहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा जनरल, प्रसुति तथा स्त्री, हाडजोर्नी तथा नसा, छाला तथा यौन, दन्त, बालरोग, आँखा, नाक कान घाँटी, भिडियो एक्सरे, ल्याब टेष्ट तथा इसीजी सेवा उपलब्ध गराइएको थियो ।