शुक्रबार, कार्तिक ७ गते २०८३

काभ्रे जिल्ला संघको सक्रियता बढ्यो, सहकारीका समस्या पहिचान गर्न क्षेत्रगत अन्तर्क्रिया

चैत्र ७, २०७८ सोमबार
काभ्रे जिल्ला संघको सक्रियता बढ्यो, सहकारीका समस्या पहिचान गर्न क्षेत्रगत अन्तर्क्रिया

जिल्ला सहकारी संघ काभ्रेले सहकारी सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका लागि पहल गर्ने भएको छ । संघले सबै नगर र गाउँपालिकामा रहेका सहकारी संस्थाहरुसँग सो विषयमा अन्तक्र्रिया गरी समाधानका लागि पहल गर्ने भएको हो । 

संघले जिल्लाभर क्षेत्रगत रुपमा सहकारीका समस्या र समाधान विषयक अन्तक्र्रिया कार्यक्रम चलाइरहेको छ । यस अघि संघले बेथान गाउँपालिकाको पनौति, पाँचखाल नगरपालिका, मण्डनदेउपुर, चौंरीदेउराली र भुम्लु गाउँपालिकाका लागि जिरो किलो अन्तक्र्रिया गरिसकेको छ ।

त्यसैगरी बनेपा र धुलिखेल नगरपालिकालाई समेटेर भोलि बनेपामा कार्यक्रम हुने संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । कार्यक्रममा सहकारीका नीतिगत तथा कानुनी व्यवस्था र तरलताका विषयमा छलफल भइरहेको उनले जानकारी दिए । संघको तर्फबाट सीइओले प्रस्तुति गर्ने र संघसंस्थाबाट उठेका प्रश्नहरुको समाधानका लागि संघले प्रतिवद्धता जनाउने उनको भनाई छ । 

तरलताको समस्या रहिरहेकाले ठूलो परिमाणको ऋण लगानी नगर्न र घरघडेरी, प्लटिङ जस्ता अनुत्पादक क्षेत्रमा लगानी निरुत्साहित गर्न सुझाइएको उनले जनाए । अनुत्पादक क्षेत्रमा ऋण लगानी हुँदा समयमा साँवाँब्याज नउठ्ने र संस्थाहरुको तरलता व्यवस्थापन कठिन हुनेहुँदा हाललाई उत्पादनमूलक र ससानो ऋण मात्र प्रवाह गर्न प्रोत्साहित गरिएको छ ।

संघमा बचतऋण मात्रै नभई दुग्ध, कृषि, बहुउद्देश्यीय सबै प्रकृतिका सहकारी आवद्ध रहेका छन् । कृषि सहकारीले बीउबिजन र रासायनिक मल नपाएको, दुग्ध सहकारीले दुधको उचित मुल्य नपाएको जस्ता समस्या उठाएकाले सम्बन्धित विषयगत संघहरुमार्फत समस्या समाधानका लागि पनि संघले पहल गर्ने भएको छ । नीति बनाउने, कार्यान्वयनमा लैजाने र प्रविधि प्रयोग जस्ता विषयमा संघले नै पहल गर्ने भएको छ । 

जिल्लामा रहेका सबै सहकारीहरुको अभिभावक संघ भएकाले समस्याको पहिचान गरी समाधानका निम्ति पहल गर्नु आफ्नो दायित्व भएकाले क्षेत्रगत रुपमा आएका समस्यको समाधान लागि पर्ने शर्माको भनाई छ । 

संघमा हालसम्म ५४० सदस्य संस्था आवद्ध छन् । संघमा आवद्ध नभएका संस्थाहरु पनि अन्तक्र्रियामा सहभागि भई आफ्ना समस्या र सुझाव राख्न सक्ने उनले जनाए । 

kavre.jpg