बुधबार, भाद्र ३ गते २०८३

सहकारीको विकासमा वाधक ४७ ऐन संशोधन गरिने मन्त्री श्रेष्ठको आश्वासन, भने ‘राज्यलाई सहकारीको सहयोग चाहिन्छ’

आषाढ २०, २०७८ आइतबार
सहकारीको विकासमा वाधक ४७ ऐन संशोधन गरिने मन्त्री श्रेष्ठको आश्वासन, भने ‘राज्यलाई सहकारीको सहयोग चाहिन्छ’


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले  सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने उनले जनाए । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवस कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले भने ‘सहकारी व्यवसायलाई बाधा पुर्‍याउने ४७ वटा ऐनहरु सहकारीमैत्री बनाउनमा आफ्नो तहबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ‘राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने हो, त्यसमा हामी लाग्नेछौं ।’ मन्त्री श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको भन्दै राज्यले पनि सहकारीको सहयोगको अपेक्षा गरेको जनाए ।

समारोहमा मुलुकको सहकारी अभियानका अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई  ‘राष्ट्रिय सहकारी पुरस्कार’ प्रदान गरिएको छ । महासंघले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा  घोषणा गरेको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर प्रदान गरेको हो ।  मुलुकमा सहकारी अभियानको जग बसाल्न, सहकारी ऐन–२०४८ र नियमावली निर्माणमा बाँस्कोटाको भूमिका रहेको थियो । बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष समेत हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले नगद पचास हजार सहित बाँस्कोटालाई सो पुरस्कार प्रदान गरेका हुन् । 

त्यस्तै उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट जिल्ला सहकारी संघ, चितवन पुरस्कृत भएको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७७ बाट ७ वटै प्रदेशबाट एक÷एक वटा उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको छ । त्यसरी पुरस्कृत हुनेमा सहकारी संस्थाहरुमा प्रदेश नं.१ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था, सुनसरी, प्रदेश नं. २ बाट त्रियुगा सहकारी संस्था, फत्तेपुर, सप्तरी, बागमती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था, धादिङ्ग पुरस्कृत भएका हुन् ।  

त्यसैगरी गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादक सहकारी संस्था, तनहुँ, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था मुगु रहेका छन् । 

यसैगरी यस वर्षको ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७७’ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी व्यवस्थापक सुमित्रा कुमारी वाइबालाइ प्रदान गरियाे । 

mahasang premises.jpg