शनिबार, कार्तिक ८ गते २०८३

युएम साकोसको दशौं सेवाकेन्द्र बनेपाको तरकारी बजारमा

चैत्र १, २०७८ मंगलबार
युएम साकोसको दशौं सेवाकेन्द्र बनेपाको तरकारी बजारमा


काभ्रे बनेपामा मुख्य कार्यालय रहेको  यु एम बचत तथा ऋण सहकारी संस्थाले सेवाकेन्द्र विस्तार गरेको छ । संस्थाले बनेपाको महिला शक्ति साकोससँग एकिकरण गरी  १० औं सेवा केन्द्र बनेपाको तरकारी बजारमा विस्तार गरेको हो । 

संस्थाका अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मी र संस्था का सल्लाहकार इश्वरी बादे श्रेष्ठले संयुक्त रुपमा सेवाकेन्द्रको उद्घाटन गरेका हुन् । संस्थाले यसअघि पाँचखा, भकुण्डे, खाडीचौर, चौतारा, सिपाघाट र पनौतीमा सेवाकेन्द्र विस्तार गरिसकेको छ । 

um sewa kendra 2.jpg