शनिबार, कार्तिक ८ गते २०८३

विन्धवासिनी साकोसले गर्यो सम्पत्ति शुद्धिकरण सम्वन्धी अनुशिक्षण कार्यक्रम

फाल्गुण ३०, २०७८ सोमबार
विन्धवासिनी साकोसले गर्यो सम्पत्ति शुद्धिकरण सम्वन्धी अनुशिक्षण कार्यक्रम

बनेपा, काभ्रे विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले एक दिने सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजिकरण गरेका थिए ।

सहजिकरण गदै निर्देशक दाहालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ऐन—२०६४, नियमावली— २०७३ तथा सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ (दोश्रो संशोधन, २०७७) तथा  सहकारी विभागबाट जारी भएको एकिकृत निर्देशिका—२०७८ सम्वन्धी अन्तरक्रियात्म रुपमा सहजीकरण गदै सहकारीको दायित्व र जिम्मेवारी सम्वन्धी व्यवस्था स्पष्ट पारेका थिए । कार्यक्रममा उनले सम्पत्ति सुद्धिकरणको पूर्णपालना नगर्दा हुने जोखिम तथा कार्वाही सम्बन्धी विभिन्न घट्नाहरु सहित प्रस्तुत गरेका थिए । 

bindbasini.jpg

संस्थाका समिति, उपसमिति एवं कर्मचारी सहित १३७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले राखेका थिए भने कार्यक्रम संचालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गरेका थिए । सोही कार्यक्रमका अवसरमा संस्थामा स्थायी नियुक्ति हुनुभएका २१ जना कर्मचारीलाई संस्थाका अध्यक्ष प्रदिप थापाले नियुक्ति पत्र समेत प्रदान गरेका थिए ।