भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा भक्तपुरमा नेफ्स्कूनको प्राविधिक सहयोगमा एक दिन दिवसिय अग्रभागका कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । ‘संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघको मुख्य काम अन्तरलगानी, तालिम शिक्षा र लविङ्ग हो । यहि कार्यलाई जोड दिदैं संघले संदस्य संस्थाका संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि हुने तालिम संचालन गर्दै आएको उनले बताए ।
हालको तरलता अभावमा पनि संघले सदस्यलाई तरलता व्यवस्थापन ऋण प्रदान गरी संस्थाको तरलता व्यवस्थापन कार्यमा टेवा पु¥याएको, एक व्यक्ति एक सहकारीको व्यवस्था अव्यवहारिक रहेकोले सो व्यवस्था संशोधनका लागि बागमती प्रदेश सभा निवेदन दर्ता र मालपोट रोक्का दस्तुर, अग्रिम व्याजकर, कानुनी प्रक्रिया नपु¥याई दर्ता गरेका बहुउद्देश्यीय सहकारी लगाएतका विषयमा भुमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयमा ध्यानआकर्षण गराएको उनले जानकारी दिए ।
संघका उपाध्यक्ष हरि बल्लले संस्थाका कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिए । संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका अग्रभागका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको उनले बताए । उपसमितिका सदस्य तुल्सी हरि प्रजापतिले स्वागत मन्तव्य राख्दै संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षता अभिबृद्धिले संस्थाको उद्देश्य प्राप्तीमा टेवा पु¥याउने जनाए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत सुमनराज घिमिरेको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थामा कर्मचारी नियुक्ति गर्दा सहकारीको सैद्धान्तिक पक्ष र काम कर्तव्यको विषयमा अभिमुखिकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
तालिममा सहभागीहरुले कर्मचारीको तह अनुसार छुटा छुट्टै तालिमको आयोजना गरी क्षमता अभिवृद्धिमा सहयोग पु¥याएकोमा खुशि व्यक्त खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका सिद्धान्त, सहकारी र बैंक तथा अन्य व्यवसायको फरक, सहायता कक्षका कर्मचारीको काम कर्तव्य र भुमिका, संचार सिप र सदस्य सम्बन्धका विषयहरु सिकेको बताउनुभयो । तालिममा संस्थाका अग्रभागमा कार्यरत ५६ जना कर्मचारीको सहभागिता रहेको थियो ।