शनिबार, कार्तिक ८ गते २०८३

जनता साकोसको आयोजनामा बृहत् नारी भेला

फाल्गुण २६, २०७८ बिहीबार
जनता साकोसको आयोजनामा बृहत् नारी भेला

 

भक्तपुरको सूर्यविनायक नगरपालिका चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले बृहत् नारी भेला तथा खुला बनभोज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ११२औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बाेडेकाे कुमारी पार्कमा उक्त कार्यक्रम आयोजना गरेको हो । 

संस्थाका अध्यक्ष राजेश राजथलाको सभापतित्व एवं नारी बालबालिका तथा जेष्ठ नागरिक उप समिति संयोजक चन्द्रमाया श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा ३२५ जनाको सहभागिता रहेको थियो । 

सो अवसरमा संस्थाले संस्थाले सञ्चालन गरेको महिला समुहका क्रियाकलापको बारेमा समीक्षा गर्नुका साथै एकआपसमा अनुभव साटासाट गरिएको थियो । हालसम्म संस्थाका ९३ वटा समुह रहेका छन् । एउटा समुहमा ५ जना महिला आवद्ध रहेका छन् । ती समुहहरुबाट मात्रै संस्थाले १ करोड बचत संकलन गरेको छ ।

समुहको अवधि ३ वर्षको हुने र ३ वर्षपछि समुहको समयावधि सकिने हुँदा त्यस अवधिमा जम्मा भएको बचत स्मार्ट गृहणी बचत खातामा जम्मा गरे आकर्षक ब्याज दिने संस्थाले जनाएको छ ।

उक्त समुहमा आवद्ध महिलाले मासिक ३ सयदेखि बचत गर्न सक्ने र ३ वर्ष पूरा भएपछि एकमुष्ट साँवाब्याज प्राप्त गर्दछन् । उक्त रकमलाई स्मार्ट गृहणी खातामा जम्मा गरे वार्षिक ११.७५ ब्याज दिइने संस्थाले जनाएको छ । न्यूनतम १० हजार रकमबाट उक्त खातामा जम्मा गर्न सकिनेछ । 

संस्थामा १७११ महिला सदस्य आवद्ध रहेका छन् । सदस्यहरुलाई संस्थाले सीपमूलक तालिम तथा प्रशिक्षण सदस्यहरुलाई दिने जनाएको छ ।  

4n.jpg