सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले यहि फागुन २१ गते भक्तपुर रेडक्रस सोसाइटी र हार्ट एण्ड डायविटिक सेन्टरसँगको प्राविधिक सहयोग तथा उपसमितिको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
संस्थाले उक्त दिन स्वास्थ्य शिविर र शिक्षा तथा वित्तीय साक्षारता कार्यक्रम संचालन गरेको हो । रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान दिएका थिए भने शिक्षा शिविर तथा वित्तीय साक्षारता कार्यक्रममा जम्मा ४८ जना, रक्तचाप परीक्षणमा जम्मा ६९ जना, सुगर परीक्षणमा जम्मा ६६ जना र डाइरोइड परीक्षणमा जम्मा ११ ले स्वास्थ्य लाभ लिएका छन् । संस्थाको महिला उपसमिति, बचत उपसमिति र शिक्षा उपसमितिको संयुक्त आयोजनामा संचालित उक्त कार्यक्रम संस्थाकै प्राङ्गणमा भएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले बचत त्यागबाट हुने हुँदा फजुल खर्च न्यूनीकरण गर्दै सन्ततीका लागि आजैबाट बचत गर्ने बानी बसाल्न सबैलाई अभिप्रेरित गरेका थिए ।
