पर्वत जिल्लाको जलजला गाँउपालिका बडा नं ४ मिलनचोकमा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले २५ औँ सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । संस्थाले एक कार्यक्रमका विच मोहनचोकमा जलजला सदस्य सेवाकेन्द्र समुद्घाटन गरेको हो ।
सिवाईसी साकोस जलजला सदस्य सेवा केन्द्र उद्घाटन गर्दै जलजला गाँउपालिका बडा न. ४ का वडा अध्यक्ष भिष्म मल्लले घर–घरमा पुगेर वचत तथा ऋण परिचालनमा गरि गरिवी निवारण तथा नयाँ उद्यम सिर्जना गर्ने कार्य गर्ने र सबैको मन मनमा रहन सक्ने संस्था सहकारी मात्रै भएको बताए । जलजलामा गाउपालिकामा प्रत्येक घरघरमा पुग्ने र कृषि तथा उद्यममा सहयोग गर्ने सहकारीको परिकल्पना आफुहरुले गर्दैगर्दा सिवाईसी साकोसको सेवा तथा सुविधा उपयुक्त लागेर सिवाईसी साकोसको सेवा केन्द्र जलजलामा ल्याउन पहल गरेको पनि उनले बताए ।
नेकपा माओवादी प्रदेश सदस्य दुर्गा बहादुर नेपालीले अरु भन्दा फरक सहकारीताको अभ्यास गरेका सिवाइसीले जलजलामा सबैले गर्व गर्न सक्ने स्वरुपमा गरिव लक्षीत वर्गमा आफ्नो पहुँच पुराउनु पर्ने बताए । सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसीको विगत वर्तमान र भविष्य बारे प्रष्ट पारेका थिए । कार्यक्रम संस्थाका सहसचिव सुवास आचार्यको संचालन, वेनी सदस्य सेवा केन्द्रका सहसंयोजक भिम बहादुर श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो ।
सिवाईसी साकोसले साविक धौलागिरी अञ्चलको ४ जिल्लामा कार्यक्षेत्र बनाई २२ हजार भन्दा बढी शेयर सदस्यलाई २ अर्ब पुँजी परिचालन गरी २५ वटा सेवाकेन्द्र तथा एउटा केन्द्रीय कार्यालय मार्फत विकेन्द्रीत सेवा प्रवाह गर्दै आइरहेको छ । नयाँ सेवा केन्द्र सुरुवातसँगै पर्वत जिल्लामा सिवाईसी साकोसका सेवा केन्द्र ४ बटा पुगेका छन ।