काठमाण्डौ विश्वविद्यालयले डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्षको पाठ्यक्रम तयार पारेको छ । राष्ट्रिय सहकारी महासंघले विश्वविद्यालयद्वारा तयार गरिएको उक्त पाठ्यक्रमका विषयमा सरोकारवाला निकाय तथा केन्द्रीयस्तरका सहकारी संघहरुसँग अन्तक्रिर्या गरेर सुझाव संकलन गरेको हाे ।
काठमाडौं विश्वविद्यालयका उद्यमशीलता तथा बजारीकरण विभागका विभागीय प्रमुख प्राडा विनोद कृष्ण श्रेष्ठले तयार गरिएको पाठ्यक्रमका विषयमा प्रस्तुतकिरण दिएका थिए ।
छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव रघुनाथ महत, सहकारी प्रशिक्षण केन्द्रका शाखा अधिकृत नविन मैनालीले आआफ्नो सुझाव दिएका थिए ।
महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा भएको छलफलमा महासंघका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंक, केन्द्रीय र प्रादेशिक संघहरुका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
छलफलमा सहभागिहरुले सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उपलब्ध गराउनका लागि कोर्ष सक्षम हुने विश्वास व्यक्त गरेका थिए ।