शुक्रबार, कार्तिक ७ गते २०८३

महासंघले माग्यो सहकारी दिवसको थिम, छनौट हुनेलाई पुरस्कार दिइने

फाल्गुण १६, २०७८ सोमबार
महासंघले माग्यो सहकारी दिवसको थिम, छनौट हुनेलाई पुरस्कार दिइने

 

राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसको थिम प्रस्ताव गर्न आहवान गरेको छ । 

आगामी चैत्र २० गते मनाईने ६५ औं राष्ट्रिय सहकारी दिवसको थिम प्रतिस्पर्धाको माध्यमबाट तय गर्न लागिएको हो । 

सूचना प्रकाशित भएको १५ दिन भित्र महासंघमा पेश गर्न सकिने र छनोट भएको थिमलाई नगदबाट पुरस्कृत गरिने महासंघले जनाएको छ । गत वर्ष महासंघ ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिम तय गरेको थियो । महासंघले हरेक वर्ष नारा तय गरे पनि त्यसको कार्यान्वयन र उपलब्धीका बारेमा उचित समीक्षा भने गरेको पाईंदैन । 

२०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समिति स्थापना भएको दिनलाई ऐतिहासिक रुपमा स्मरण गर्दै हरेक वर्ष चैत्र २० गते महासंघको आव्हानमा विविध कार्यक्रमका साथ सहकारी दिवस मनाउने गरिएको छ । 

विगतका वर्षहरुमा कोभिड १९ संक्रमणको जोखिमका कारण भौतिक रुपमा कार्यक्रमहरु हुन सकेका थिएनन् । यस वर्ष कोभिड १९ सामान्यतर्फ उन्मुख भएसँगै चैत्र २० गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइने भएको छ ।

ncf theme.jpg