बुधबार, भाद्र ३ गते २०८३

हब कोअपरेटिभको सेवाकेन्द्र पोखरामा

आषाढ १८, २०७८ शुक्रबार
हब कोअपरेटिभको सेवाकेन्द्र पोखरामा

 

 

हब कोअपरेटिभ सोलुसन्सले पोखराको सिर्जना चोकमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमकाबीच उक्त केन्द्रको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री नेपालीले सबै क्षेत्रमा सुशासनको आवश्यकता महशुस भएको र हब कोअपरेटिभमार्फत् डिजिटल माध्यममा प्रवेश गरी सहकारीमा पनि पारदर्शिता कायम गर्न र सदस्यलाई छिटोछरितो सेवा दिन सकिने बताए । आफुले पनि ५५ वर्ष पहिलेनै सहकारीको बारेमा जानकारी पाएको बताउँदै उनले अब सहकारीलाई पनि उत्पादनशील क्षेत्रमा जोड्नु पर्ने बताए । 

हब कोअपरेटिभका अध्यक्ष दक्ष पौडेलले सहकारीलाई डिजिटल प्रविधिमा जोड्न, अन्तरसहकारी कारोबारलाई अगाडि बढाउन र रेमिट्यान्स लगायत सम्पूर्ण बील भुक्तानी गर्न सकिने हुँदा गण्डकीभित्र रहेका सबै सहकारीलाई डिजिटाइजेसनमा जोडिन उनले आग्रह गरे । वर्तमान समय प्रविधिको युग भएकोले प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्र सफलता मिल्ने भन्दै उनले आम नेपालीलाई सहजरुपमा वित्तीय सेवा प्रदान गर्न हबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

सहकारीहरु हबमा जोडिए सदस्यहरुलाई सरल र सहज तरिकाबाट सेवा दिन सक्ने र जीवनयापन समेत सहज हुने भन्दै हबमा जोडिँदा सबै पक्षलाई फाइदा पुग्ने जनाए । सहकारी क्षेत्र पनि डिजिटाइजेशनमा जोडिने बेला आएको र यसको प्रयोगबाट घरमै बसेर सम्पूर्ण सेवा लिन सकिने हुँदा त्यसतर्फ जाने बेला आएको पौडेले औंल्याए । 

हबले काठमाण्डौंको बालुवाटारमा रहको  मुख्य कार्याललयबाट सहकारीहरुलाई सेवादिन शुरु गरिसकेको छ । 

hub 1.jpg