शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा खड्का नियुक्त

फाल्गुण १५, २०७८ आइतबार
राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा खड्का नियुक्त


 राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन ।  बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्कालाई  बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले फाल्गुण १५ गते देखी कार्यभार समाल्ने गरी नियुक्त गरेका हुन ।

आज बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्ष के.बी.उप्रेती सहित संञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, उच्च व्यवस्थापनका कर्मचारीहरु लगायतको उपस्थितिमा नव–नियूक्त डिजिएम खड्कालाई स्वागत  गरिएको थियो ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर–१, दुवाकोट निवासी खड्का २९ वर्ष देखी बैकिङ्क क्षेत्रमा आबद्ध छन । नविल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरेका खड्का तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंकमा  नायव महाप्रवन्धकको रुपमा कार्यरत थिए । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्कासँग २९ वर्षे बैकिङ्क करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले स्वागत गर्दै यस अघिको बैकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त दिए  । स्वागत कार्यक्रममा बोल्दै नवनियूक्त नायव महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैकिङ्क क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने उल्लेख गरे ।

उनले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्ता जनाए । त्यसैगरी  बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे । कार्यक्रममा बैंकका अध्यक्ष उप्रेती, संञ्चालकहरु सरिता भट्टराई, रामहरी बजगाई, ज्ञान बहादुर तामाङ्ग, पार्वती थापा मगर, केदार मानन्धर, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गरागाई, सहायक महाप्रबन्धक राजेश श्रेष्ठ, विभागीय प्रमुखहरु लगायत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।