भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा सिद्धि गणेश तालिम खंचा, भक्तपुरमा नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई दिवसिय वित्तीय परामर्श तालिम सम्पन्न भएको छ ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वित्तीय परामर्श तालिम भेग विषय भएकोले यस विषयमा निरन्तर अद्यावधि हुनुपर्ने बताए । सहकारीमा सन्दर्भ व्याजदर हचुवामा तोक्न नमिल्दै भन्दै तथ्यांक आधारमा तोक्नुपर्नेमा जोड दिदैं उनले हाल वित्तीय बजार बढ्दो व्याजदरलाई ध्यानमा राखी सन्दर्भ व्याजदर १६ प्रतिशत निर्धारण गर्नु ठिक रहेको जनाए । उनले कानुन विपरित संचालित बहुउद्देश्यीय सहकारीहरु संचालनमा रोक लगाउनुपर्ने, एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने र मालपोतमा ३० लाखसम्मको रोक्का दस्तुर रु.५००। बाट रु.८०००। सम्म बृद्धि गरेकोमा विरोध जनाउदैं सोको संशोधनका लागि वागमती प्रदेश सरकारमा संघले ज्ञापन पत्र बुझाउन तयारीमा रहेको बताए ।

संघका संचालक एंव उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले वितीय क्षेत्रमा वित्तीय परामर्शको महत्व बताउदैं तालिमबाट सिकेका कुराहरु व्यक्तिगत जिवनमा व्यहारमा उर्तान र संस्थाका सदस्यहरुलाई निरन्तर वित्तीय परामर्श दिनुपर्ने बताए । उपसमितिका सदस्य निर्जला ढुंगेलले स्वागत मन्तव्य राख्दै संस्थामा वित्तीय परामर्शका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले संघले वित्तीय परामर्श तालिममो आयोजाना गरेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका बरिष्ठ अधिकृत नविनराज दाहालले तालिमको सहजिकरणमा गरेका थिए । तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थामा वित्तीय परामर्श कक्ष स्थापना गरी वित्तीय साक्षरताको अभियान नै संचालन गर्नुपर्ने आवश्यकता औंल्याए । यसले सहकारीमा सहकारीताको विकासमा मदत पुग्नुको साथै सदस्यको आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने बताए ।
तालिममा सहभागीहरुले तालिम अरु तालिम भन्दा फरक र व्यवहारिक रहेकोमा खुशी व्यक्त गर्दे तालिमबाट बचत बृद्धिका उपाय, ऋण परिचालन, परिवारीक बजेट, वित्तीय परामर्श गराउने तैर तरिकाका उपायहरु सिकेको बताउनुभयो । तालिममा संस्थाका शिक्षा उपसमितिका संयोजक र कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको थियो ।