हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २४औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएको संस्था आजबाट २४औं वर्षमा प्रवेश गरेको हो ।
२९ जना सदस्य संस्थापक रहेर ४८ जना सदस्यको जम्मा २ लाख ४५ हजार पुँजी बाट कारोबार शुरू गरेको संस्थामा हाल ६५०० सदस्य रहेको अध्यक्ष शम्भुप्रसाद फुयालले बताए । १५ करोड शेयरपुँजी, ९ करोड जगेडा कोष तथा करिब १ अर्ब ७० करोड सम्पति तथा दायित्व पुर्याउन सफल भएको छ । यस अवसरमा संस्थाले
स्थापनाकाल देखि हाल सम्मका सबै सदस्य , पदाधिकारी तथा कर्मचारीहरूको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ ।
सदस्यबाट बचत संकलन गरि सदस्यहरूलाई नै ऋण लगानी मार्फत स्वारोजगार र व्यवसायी बनाई सदस्यको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने स्थापनाकालीन उदेश्यले नै वर्तमानलाई निर्देशित गर्दै कार्य सञ्चालन गर्दै आएको अध्यक्ष फुयालले बताए । अबका दिनमा संस्थागत सुशासनलाई अझै मजबुत बनाउँदै आफ्ना सदस्यलाई समय सापेक्ष नीति विधि र प्रविधि को आधारमा सेवाहरूको विशिष्टकरण गर्दै लैजाने प्रतिवद्दता उनले जनाए ।
संस्थाले स्थापना दिवसको अवसर पारेर फागुन १४ गते ललितपुरको मंगलबजारमा खुल्ला रक्तदान कार्यक्रम समेत गर्ने भएको छ । संस्थाले यसअघि कार्यक्षेत्र भित्रका केहि सहकारी संस्थासँग एकिकरण गरिरहेको छ ।