रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार बिहीबार बिहान युक्रेनमा आक्रमणको घोषणा गरेका हुन् । टेलिभिजनबाट बोल्दै पुटिनले छिमेकी राष्ट्र युक्रेनलाई असैनिकीकरण गर्ने भन्दै युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेका हुन् ।
एकदिन अघिमात्र युक्रेनका पूर्वमा रहेका दुई क्षेत्रहरूलाई रूसले स्वतन्त्र मान्यता दिएको थियो । युक्रेनको राजधानी किभ र अन्य शहरहरूमा समेत विस्फोटहरू रिपोर्ट गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । युक्रेनमा लामो समयदेखि रुसी आक्रमण हुनसक्ने आशंका जारी थियो ।
अमेरिका र युरोपले यस हप्ता आक्रमण रोक्न दवावस्वरुप रुसी व्यक्तिहरू, वित्तीय संस्थाहरू र सार्वभौम ऋणमा प्रतिबन्धहरूको श्रृंखला चलाएका थिए थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमण सुरु भएपछि रुसको अर्थतन्त्रमा असर पार्न थप प्रतिबन्ध लगाउने भनेका थिए। बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग बुधवार पूर्वी अमेरिकी समय अनुसार कुराकानी भएकाे छ।