सहकारीमा सन्दर्भ ब्याजदर निर्धारणका लागि बसेको समितिको बैठक बिना कुनै निष्कर्ष टुंगिएको छ । सहकारी विभागमा आज दिउँसो १ बजेदेखि बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक कुनै निष्कर्ष निकाल्न नसकेपछि ३ बजे सकिएको हो ।
विभागबाट बाहिरिँदै समितिका एक सदस्यले आगामी बैठक १२ गते बिहीबार बस्ने गरी आजको छलफल टुंगिएको बताए । सन्दर्भ ब्याजदरका बारेमा आजै छिनोफानो हुनुपर्ने भन्दै सहकारीकर्मीहरु सहकारी विभागको कार्यालय बानेश्वरमा बिहानैदेखि धर्नामा बसेका थिए ।
समितिले कुनै टुंगाे नलाएपछि सहकारीकर्मी अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफलमा जुटेका छन् । व्याजदर बढाउने बिषयमा अर्थ मन्त्रालय र राष्ट्र बैकका प्रतिनिधी सकरात्मक नरहेकाे समितिका एक सदस्यले जानकारी दिए।