शनिबार, आश्विन १७ गते २०८३

सहकारीकर्मी बसे विभागमा धर्ना, आज सन्दर्भ ब्याजदरको टुंगो नलागे महासंघले नै तोक्ने

फाल्गुण १०, २०७८ मंगलबार
सहकारीकर्मी बसे विभागमा धर्ना, आज सन्दर्भ ब्याजदरको टुंगो नलागे महासंघले नै तोक्ने

 

राष्ट्रिय सहकारी महासंघको आव्हानमा सहकारीकर्मीहरु सहकारी विभागको कार्यालय बानेश्वरमा धर्नामा बसेका छन् । सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गर्दै सहकारीकर्मी धर्नामा बसेका हुन् । 

बजारमा तरलताको विषम अवस्थाको जानकारी गराएर  सन्दर्भ व्याजदर पुनरावलोकनको लागि पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट उक्त विषयमा सुनुवाई नभएको भन्दै सहकारीकर्मी आन्दोलनमा उत्रिएका हुन् । 

विभागमा सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसिरहेको छ । बैठकले ब्याजदर पुनरावलोकनका विषयमा निर्णय लिने आशा सहकारीकर्मीको छ । 

विभागबाट आज उपयुक्त निर्णय नआए आधार ब्याजदर र स्प्रेडदरको आधारमा सहकारी महासंघ आफैंले ब्याजदर बारे निर्णय गरेर अगाडि जाने काठमाण्डौ जिल्ला संघका अध्यक्ष ज्ञान बहादुर तामाङले बताए । ब्याजदर बढाउनु मात्र आफुहरुको उद्देश्य नभएको तर बैंक तथा वित्तीय क्षेत्रले निक्षेपमा ब्याज बढाउँदा सहकारी क्षेत्रको बचत टिकाइराख्न आफुहरुलाई समस्या भएको उनको भनाई छ । 

dharna 3.jpgdharna 2.jpg