शुक्रबार, कार्तिक ७ गते २०८३

मेगा ड्रिमका सदस्यले गरे चन्द्रागिरिको भ्रमण

फाल्गुण ८, २०७८ आइतबार
मेगा ड्रिमका सदस्यले गरे चन्द्रागिरिको भ्रमण

 

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई चन्द्रागिरि भ्रमण गराएको छ । 

संस्थाले विभिन्न बचत योजनामा सहभागिता जनाएका सदस्यहरुमध्येबाट गोलाप्रथा गरी ११९ जना सदस्यहरुलाई चन्द्रागिरी भ्रमण गराएको हो । संस्थाले दशैंतिहारको अवसरमा विभिन्न नयाँ बचत योजना ल्याएको र त्यसमा २५० भन्दा बढि सदस्यले सहभागिता जनाएका थिए । संस्थाले बनाएको मापदण्डका आधारमा उनीहरुबाट ११९ जना सदस्यलाई भ्रमण गराएको संस्थाले जानकारी दिएको छ । 

mega dream 1.jpg

त्यस अवसरमा गोलाप्रथामार्फत मालती पौडेलले मोबाइल फोन जितेकी छिन् भने अन्य २० जनाले संस्थाको लोगो अंकिछ ट्रयाकसुट हात पारेका छन् । साथै बचत योजनामा सहभागी भइ छनौट भएका अन्य सदस्यलाई पनि उपहार दिइएको थियो । 


सो अवसरमा संस्थाका संचालक समिति सचिव एवं प्रबन्ध निर्देशक इन्द्र प्रसाद गेलालले सहभागिहरुलाई सहकारी शिक्षा सम्बन्धि प्रस्तुतिकरण दिनुका साथै सदस्यहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक तथा विभिन्न उपसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । 

mega dream 3.jpg