सोमबार, कार्तिक १० गते २०८३

परोपकार साकोसले दियो ढाकाको सामान बनाउने तालिम

फाल्गुण ८, २०७८ आइतबार
परोपकार साकोसले दियो ढाकाको सामान बनाउने तालिम

दोलखाको चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सिपमुलक तालिम दिएको छ । संस्थाले  भीमेश्वर नगरपालिकाको समन्वयमा सदस्यहरुलाई ५ दिनको तालिम दिएको हो ।

संस्थाको आयोजनामा  भएको तालिममा ढाकाको मास्क,पर्स र व्याग बनाउने सिकाइएको थियो । उक्त तालिममा संस्थाका १७ जना शेयर सदस्यको सक्रिय सहभागिता रहेको थियो । फागुन ३ गतेबाट सञ्चालन भएको उक्त तालिममा बालकुमारी चन्द प्रशिक्षक रहेकी थिईन।

तालिममा छनौट भएका १७ जना सहभागीहरूलाई व्यवसायी र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले बताईन । सहभागीलाई प्रमाण पत्र प्रदान उनले  यस्ता किसिकको तालिमले सिपको विकास गरी व्यबसाय मार्फत आत्मनिर्भर बन्न सदस्यहरुलाई सहयोग पुग्ने उलेख्य गरिन। 

274369367_5075619972503100_2322261305015679682_n-905277e2.webp