राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सन्दर्भ ब्याजदर बढाउन विभागलाई सुझाव दिएका छन् । महासंघको तर्फबाट पत्र लेख्दै तीन दिनभित्र सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत तोक्न सुझाव दिइएको उनले जनाए ।
शुक्रबारभित्र १७ प्रतिशतबाट नघट्ने गरी सन्दर्भ ब्याजदर तोक्न विभागलाई दिइएको पत्रमा उल्लेख छ। अध्यक्ष कडेलसहित महासंघको टोलीले सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई आज भेटी यस्तो सुझाव दिएको हो । सहकारीमा सन्दर्भ ब्याजदरको नाममा क्यापिङ गरिँदा संस्थाहरुको कारोबारमा नै गम्भीर असर पर्न गई संस्था व्यवस्थापन गर्न कठिन भएको पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा सहकारी संघ संस्थाको आधार ब्याजदरमा बढीमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्न समेत सुझाव दिइएकाे छ ।
