बुधबार, भाद्र ३ गते २०८३

चिनीयाँ कम्युनिष्ट पार्टीलाई अन्तर्राष्ट्रय लेखक तथा पत्रकार केन्द्रकाे शुभकामना

आषाढ १८, २०७८ शुक्रबार
चिनीयाँ कम्युनिष्ट पार्टीलाई अन्तर्राष्ट्रय लेखक तथा पत्रकार केन्द्रकाे शुभकामना

एक बक्तब्य निकाल्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा शुभकामना प्रकट गरेकाे छ ।
केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले विज्ञप्तिमार्फत हिजाे शुभकामना प्रकट गरेका हुन् ।


 त्यस बक्तब्यमा भनिएकाे छ - 'चिनीयाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुरा गरेको छ । आजकै दिन अर्थात् सन १९२१ जुलाई १ का दिन चिनिया कम्युनिस्ट पार्टीको स्थापना भएको थियो' ।

साे बक्तब्यमा अगािड भनिएकाे छ - "यस अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको तर्फबाट समेत चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनतालाई हार्दिक बधाई तथा अरु प्रगतिका लागि शुभकामना दिन चाहन्छ" ।

chaina100.jpeg

अझ थप भनिएकाे छ -"भीषण क्रान्तिका २८ वर्ष र सत्तारोहणका ७२ वर्षको उतार तढावको अबधिमा चिनिया कम्युनिस्ट पार्टीले गरेको गौरवपूर्ण संघर्ष र अभूतपूर्व भौतिक प्रगति गाथाहरु विश्वभरका सर्वहारा वर्गका लागि प्रेरणाका श्रोत बनिरहेका छन् । चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनताको यश प्रकारको सफलताप्रति हाम्रो संगठन गौरव महसूस् गर्दछ" ।


अन्त्यमा भनिएकाे छ - "आजकाे युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यस प्रकारको विश्व परिस्थितिमा विश्वभरका सर्वहारा वर्गको सहयोग लिएर साम्राज्यवादलाई परास्त गर्न र प्रतिक्रान्तिका गल्तीहरुलाई सच्याउँदै र नवउदारवादी पुँजीवाद को विकासलाई रोकेर  'चिनिया विशेषताको समाजवाद' लाई वैज्ञानिक समाजवादमा रुपान्तरण गर्ने दिशामा अगाडि बढ्नेछ छ भन्ने विश्वास गर्नुका साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक आग्रह समेत गर्दछ" ।