शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी बैंककाे नयाँ ब्याजदर सार्वजनिक, बचतमा कतिसम्म पाइन्छ ब्याज ?

फाल्गुण ३, २०७८ मंगलबार
सहकारी बैंककाे नयाँ ब्याजदर सार्वजनिक, बचतमा कतिसम्म पाइन्छ ब्याज ?

राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर पाइने छ । बैंकले विशेष, सुपर, एनसीबीएल समुन्नत, एनसीबीएल प्रिमियम, अनिवार्य नियमति, क्रमिक, साधारण मुद्दती र एनसीबीएल समृद्ध मुद्दती निक्षेप जस्ता बचत खातामा ब्याजदर समायोजन गरेको हो । बैंकले संस्थाहरुले बचत गरेका रकम र समयावधिका आधारमा ब्याजदर तोकेको हो । 

बैंक तथा वित्तीय संस्थाले फागुनबाट नयाँ ब्याजदर सार्वजनिक गरेसँगै सहकारी बैंकले पनि हिजोबाट लागु हुने गरी ब्याजदर परिवर्तन गरेको हो । बैंकले मुद्दती निक्षेपमा १०.७५ देखि १३.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले ३ देखि ६ महिनासम्ममा १०.७५ प्रतिशत र १ वर्षभन्दा माथि ५ वर्षसम्मको मुद्दतीमा १३.५० प्रतिशत ब्याज दिने भएको हो । 

यता कर्जा तर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले कृषि परियोजना, आवधिक कर्जा, लघुकर्जा, दीगो सहकारी कर्जा, घरघडेरी खरिद, तरलता व्यवस्थापन, चालुपुँजी, आपतकालिन, जीविकोपार्जन, सहकारी व्यवस्थापन, सहकारी स्थिरिकरण लगायत विभिन्न २२ शीर्षकमा कर्जा दिँदै आएको छ । 

सहकारी संघ संस्थाको एकमात्र बैंकको रुपमा रहेको बैंकले सदस्य संस्थाहरुबाट निक्षेप संकलन गरी र उनीहरुलाई नै ऋण लगानी गर्ने गरेको छ । 

bank.jpg