शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी विभागका रजिष्ट्रार पण्डितले गरे आजबाट पदबहाली

फाल्गुण २, २०७८ सोमबार
सहकारी विभागका रजिष्ट्रार पण्डितले गरे आजबाट पदबहाली

सहकारी विभागका नवनियुक्त रजिष्ट्रार रुद्र प्रसाद पण्डितले आजबाट पदबहाली गरेका छन् । 
 
गृहमन्त्रालयमा कार्यरत पण्डित केही दिनअघिमात्र सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका थिए । मन्त्रालयले पण्डितलाई विभागको रजिष्ट्रारमा पठाउने निर्णय आइतबार गरेको हो । 

पदबहाली पश्चात् रजिष्ट्रार पण्डितले सहकारी संस्था र सदस्यहरुको बृहत्तर हितका लागि प्रशिक्षण, नियमन, सुपरीवेक्षण र सुशासन एवं प्रवर्धनको कार्यमा भूमिका खेल्ने संक्षिप्त अभिव्यक्ति दिए । 

गत कार्तिक ८ गते विभागको रजिष्ट्रार नियुक्त भएका झलकराम अधिकारीको भने ४ महिना सहकारी विभागको जिम्मेवारी सम्हालेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर गएका छन् ।