शनिबार, आश्विन १७ गते २०८३

प्रभु पे र फोन पे बीच सहकार्य

फाल्गुण १, २०७८ आइतबार
प्रभु पे र फोन पे बीच सहकार्य

भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य गर्ने सम्झौता भएको छ । 

यस सहकार्यसँगै अब प्रभु पे फोन पे नेटवर्कमा आवद्ध भएको छ । अबदेखि प्रभु पेका ग्राहकले  फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यले नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ । 

एक कार्यक्रमका बीच फोन पेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभु पेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले हस्ताक्षर गरेका हुन् । 

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोन पेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोन पेमार्फत कारोबार गर्दै आएका छन् ।