चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले बिना धितो ऋण दिने योजना सार्वजनिक गरेको छ ।
आफ्ना सदस्यहरुलाई उनीहरु संलग्न विशिष्ट पेशाका आधारमा ‘प्रोफेसनल ऋण’ दिने योजना संस्थाले अघि सारेको हो । डाक्टर, इन्जिनियर, प्राध्यापक, चार्टर्ड एकाउन्टेन्ट, बैंकर, वकिल, व्यवस्थापक शिक्षक लगायत वार्षिक ५ लाख भन्दा बढि आयआर्जन गर्ने कर्मचारी सदस्यलाई १४ प्रतिशत ब्याजदरमा १० लाखसम्म बिनाधितो ऋण उपलब्ध गराउने संस्थाले जनाएको छ ।
त्यसैगरी संस्थाले सरल आवधिक बचत खाता समेत सञ्चालनमा ल्याएको छ । वार्षिक १२ प्रतिशत ब्याज पाइने उक्त खाताको अवधि २ वर्ष रहेको छ । न्यूनतम ५०,००० मौज्दात तोकिएको उक्त खातामा अवधि कायम रहेसम्म जतिपनि रकम थप गर्दै लैजान सकिनेछ ।
दिगो साकोस, सुखी र समृद्ध सदस्यको नारा लिएर अघि बढेको चन्द्रागिरि सहकारीले सदस्यहरुको आर्थिक सामाजिक उत्थानमा योगदान पुर्याउँदै आएको छ ।