शुक्रबार, कार्तिक ७ गते २०८३

मेगाड्रिम बहुउद्देश्यीय सहकारीद्वारा कालिमाटी र थानकोटमा भेगिय उपसिमिति गठन

माघ २५, २०७८ मंगलबार
मेगाड्रिम बहुउद्देश्यीय सहकारीद्वारा कालिमाटी र थानकोटमा भेगिय उपसिमिति गठन

 

मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सेवाकेन्द्र भेगिय उपसमिति गठन गरेको छ । संस्थाले चन्द्रागिरि र कालिमाटी सेवा केन्द्रमा भेगीय उपसमिति गठन गरेको हो । चन्द्रागिरि सेवा केन्द्रको भेगिय समिति संयोजकमा नन्ददास अमात्य र सदस्यहरुमा सन्देश अमात्य, आनन्द महर्जन र प्रसन्नमान गोपाली रहेका छन् । त्यसैगरी कालिमाटी सेवा केन्द्रको भेगिय उपसमिति संयोजक रमेश प्रसाद तिमल्सिना र सदस्यहरुमा उमेश कुमार महेश्वरी र सुजित कुमार श्रेष्ठ रहेका छन् ।

mega team 1.jpg

संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमिति तथा कार्यक्रम संयोजक शेखर बस्नेतले २ वटा सेवाकेन्द्रमा उपसमिति गठन गरिएको जानकारी दिएका हुन् । सेवाकेन्द्रहरुको कारोबारलाई थप प्रभावकारी बनाउँदै लैजाने, सदस्य विस्तार एवं समुदायस्तरमा संस्थालाई स्थापित गराउन समितिहरुले भूमिका खेल्ने उनले बताए । त्यसका साथै  कारोबारलाई चुस्तदुरुस्त र पारदर्शी बनाउनुका साथै सबैको सल्लाहसुझावलाई समेटेर अगाडि बढाउन समितिले काम गर्ने उनको भनाई छ । समिति गठन कार्यक्रममा संस्थाका अध्यक्ष महाशंकर रेग्मी, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलाल तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाले मुख्य कार्यालय बालाजुसहित कालिमाटी, न्यूरोड, चाबहिल, जोरपाटी र थानकोट सेवाकेन्द्रमार्फत १२ हजार भन्दा बढि सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ । 

mega team 3.jpg