शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सातौं एटिएम बुथ सञ्चालनमा ल्याएको छ । संस्थाले आजदेखि ललितपुरको थैवमा सातौं एटिएम सेवा संचालन गरेको हो ।
एटिएम सेवाको उद्घाटन गर्दै सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीले प्रविधिमैत्री सेवा दिनुपर्ने भन्दै पेपरलेस तथा क्यासलेस कारोबार अबको भविष्य भएको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष शुशिल बानियाँ, गोदावरी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष जगनाथ महर्जनलगाएतले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाले संचालन गरेको गार्डेन मार्ट तथा सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ राखेर सदस्यलाई डिजिटल सेवा दिने संस्थाका मुख्य व्यवस्थापक लिलानाथ गौतमले बताए । उनले अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने बताए ।
साथै संस्थाले माघ महिनाभित्र देशको १३ वटा स्थानबाट एटिएम सेवा दिने जनाइएको छ । मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ ।