शनिबार, आश्विन १७ गते २०८३

प्रभु मनि ट्रान्सफरको कारोबार घट्यो, कारण चर्को प्रतिस्पर्धा

माघ २५, २०७८ मंगलबार
प्रभु मनि ट्रान्सफरको कारोबार घट्यो, कारण चर्को प्रतिस्पर्धा

 

प्रभु मनि ट्रान्सफरको कारोबार विगत तीन वर्षमा निरन्तर घटेको छ। बजारमा रेमिट्यान्स कम्पनीहरुबीच चर्को प्रतिस्पर्धाका साथै कोरोना महामारीको  असरले कारोबार घटेको कम्पनीले जनाएको छ। 

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार २०२१ मा २२ प्रतिशतले कारोबार ओरालो लागेको छ। २०२० मा २० प्रतिशत र २०१९ मा २ प्रतिशतले कारोबार घटेको थियो। 

केही वर्षयता रेमिट्यान्स बिजनेसमा वाणिज्य बैंक, वित्तीय संस्था र अन्य मनि ट्रान्सफर अपरेटरहरु थपिँदा  प्रतिस्पर्धा बढेको बताइएको छ।

प्रभु मनि ट्रान्सफरको नेटवर्कमा ६ हजार बैंकिङ एजेन्ट, तीन हजार व्यक्तिगत एजेन्ट र करिब तीन हजार को(अपरेटिङ एजेन्ट जोडिएका छन्।

मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, यूएई, अमेरिका लगायतका देशहरुमा प्रभु मनि ट्रान्सफर लोकप्रिय बनिरहेको कम्पनीले जनाएको छ।

सन् २०२१ को अन्तिममा कम्पनीको नेटवर्थ ३५ करोड २० लाख रुपैयाँ पुगेको छ। २०२१ मा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ लाभांश भुक्तानी गरेको छ। 

कोरोना महामारीको असर केही कम हुँदै गएकाले रेमिट्यान्स उद्योग पनि सुधारको चरणमा रहेकाले वित्तीय अवस्थामा सुधार आउने अपेक्षा कम्पनीले गरेको छ।