शुक्रबार, कार्तिक ७ गते २०८३

भक्तपुर बचत संघको पहलमा सहकारीकर्मीले लगाए बुस्टर डोज

माघ २०, २०७८ बिहीबार
भक्तपुर बचत संघको पहलमा सहकारीकर्मीले लगाए बुस्टर डोज

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा ख्वप अस्पतालको प्राविधिक सहयोगमा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले कोभिसिल्डको बुस्टर डोज पाएका छन् । सिद्धि गणेश स्वास्थ्य क्लिनीक, खँचा भक्तपुरमा संघमा आवद्ध सदस्य संस्थामा कार्यरत कर्मचारीहरुलाई बुस्टर डोज दिइएको हो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले  संघमा २०० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध रहेका जानकारी दिए । संघमा आबद्ध सदस्य संस्थामा कार्यरत सहकारीका २२९ जना कर्मचारीहरुले कोभिसिल्डको थप मात्रा लगाएको उनले जानकारी दिए । 

प्रारम्भिक संस्थाहरुले ३१ अर्ब ९२ करोड भन्दा बढी कारोबार गरी २ लाख ३० हजार भन्दा बढी व्यक्तिगत सदस्यलाई १ हजार ४६ जना कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको उनले बताए । 

संघले सदस्य संस्थाहरुको संस्थागत, आर्थिक र जनशक्ति विकासमा निरन्तर सेवा प्रदान गर्दै आईरहेको र कोभिड महामारीमा पनि सहकारी क्षेत्रबाट जनचेतनामूलक सन्देश प्रवाह गर्नुको साथै कोभिड नियन्त्रणका लागि जिल्लाका नगरपालिकाहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।