नेपाल राष्ट्र बैकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैकले ४ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्काशन गर्ने भएको हो ।
ऋणपत्र लिनका लागि माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने छ । माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७ गते भुक्तानी गरिने छ । अर्धबार्षिक रुपमा भुक्तानी हुने ब्याजमा ब्याजकर लाग्ने जनाइएको छ ।
ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुटयाईएको छ ।
विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने छन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिने सकिने छ ।