संचित बचत तथा ऋण सहकारी संस्थाका लेखा सुपरिक्षण समिति संयोजक सत्यराम किसीको निधन भएको छ । उनको असामयिक निधनप्रति संस्थाले गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको छ । सभामा लेखा सुपरिबेक्षण समिति सदस्य वीरबहादुर गोराले स्व. सत्यरामप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै वहाँले देखाएको बाटो अवलम्बन गर्दै संस्था अगाडि बढ्ने जनाए ।
सभामा संस्थाका अध्यक्ष योगेन्द्र बहादुर खर्बुजाले संस्थाप्रति चिन्तन मनन गरि सधैं सल्लाहसुझाब प्रदान गर्ने स्व. सत्यराम किसिको निधनले संस्थालाई अपुरणीय क्षति भएको बताए । संस्थालाई निरन्तर अगाडि बढाउन समयसमयमा आफ्ना विचार एवं सल्लाह प्रदान गरिरहने किसी संस्थाको हरेक विषयमा आफ्नो सकरात्मक विचार राख्ने गरेको उनले सम्झना गरे । किसी संस्थाका एक कर्मठ सदस्य रहेको बताउँदै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।