शुक्रबार, कार्तिक ७ गते २०८३

बालाजी साकोसको १४औं वार्षिक साधारणसभा, कुल वासलात १४ करोड नाघ्यो

माघ ३, २०७८ सोमबार
बालाजी साकोसको १४औं वार्षिक साधारणसभा, कुल वासलात १४ करोड नाघ्यो

 

बालाजी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको हालै सम्पन्न वार्षिक साधारणसभाले अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको छ । सभामा अध्यक्ष टंकप्रसाद तिमल्सिनाले संस्थाको मुख्य उद्देश्य नै बचत तथा ऋण भएकाले सदस्यहरुको बचत र शेयरमा उचित प्रतिफल प्रदान गर्नु भएको बताए । त्यसैगरी सदस्यहरुलाई सहुलियत दरमा कर्जा प्रदान गरी उनीहरुको व्यापार व्यवसायमा वृद्धि गरी आर्थिक स्तरोन्नतिमा सघाउ पु¥याउनु रहेको उनले जनाए ।

संस्था स्थापना भएको १४ वर्ष पुगेपनि सञ्चालनमा आएको ५ वर्षको अवधिमा उल्लेख्य फड्को मार्न सकेको अध्यक्ष तिमल्सिनाको भनाई छ । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड २९ लाख शेयरपुँजी ११ करोड ४५ लाख बचत संकलन र ११ करोड ६६ लाख ऋण लगानी गरी कुल कारोबार १४ करोड ४० लाख पुर्‍याउन सफल  भएको छ । संस्थाले कर्जा सुरक्षण कोषमा ११ लाख ६६ हजार रकम छुट्याएको छ । त्यसैगरी संस्थाले समय र बजारको परिस्थिति अनुरुप ब्याजदरमा फेरबदल गर्दै बचतऋणका नयाँ स्किम ल्याउने, सदस्य र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिने योजना बनाएको छ । 

सभामा लेखा समितिको तर्फबाट संयोजक विष्णुप्रसाद दुलालले प्रतिवेदन प्रस्तुत गर्दै सामुहिक जमानी कर्जालाई न्यूनिकरण गरी धितो कर्जालाई प्राथमिकता गर्नुपर्ने औंल्याए । संस्थाले व्यापारव्यवसाय, हायरपर्चेज, मुद्दती धितो रसिद, सामुहिक जमानी, महिला उद्यमी जस्ता विविध शीर्षकमा ऋण लगानी गर्दै आएको छ भने मासिक, आवधिक, ३६५ दिने, १८० दिने मुद्दती जस्ता बचत योजना सञ्चालनमा ल्याएको छ । 

balaji saccoss.jpg