शुक्रबार, कार्तिक ७ गते २०८३

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी १४औं वार्षिक साधारणसभा सम्पन्न

माघ २, २०७८ आइतबार
तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी १४औं वार्षिक साधारणसभा सम्पन्न

 

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ, काठमाण्डौका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष मनोज कुमार थापा मगरको सभापतित्वमा सभा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको कलंकी शाखाप्रमुख राम कुमार तिमिल्सिना अतिथि रहेका थिए । 

सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष थापाले कोरोना भाइरसका कारण समग्र क्षेत्रमा असर परेसँगै संस्थाको कारोबार र लक्षित कार्यक्रमहरुमा समेत प्रभाव परेको उल्लेख गरे । उनले संस्थाको बहुउद्देश्यीय प्रकृति अनुरुप नै कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन एवं सेवा क्षेत्रमा संभावित परियोजनाको अध्ययन गरी अन्य सहकारी संस्थासँगको सहकार्यमा लगानी गर्ने उल्लेख गरे । 

संस्थाले आ.व. २०७७।७८ को असार मसान्तसम्म ६ करोड ३७ लाख, जगेडा तथा कोषहरुमा ३ करोड ९७ लाख, बचत संकलन ५३ करोड ४७ लाख र कर्जा ६७ करोड ८५ लाख रहेको छ । त्यस अवधिमा संस्थाले १ करोड ७५ लाख खुद नाफा आर्जन गरेको छ । 

लेखा सुपरीवेक्षण समिति संयोजक राम प्रसाद श्रेष्ठले बहुउद्देश्यीय संस्था भएकाले सहकारी ऐन २०७४ र नियमावली ७५ अनुसार कार्यहरु विकास गर्नुपर्ने तथा लगानीयोग्य पुँजी निर्माणका लागि पुँजी वृद्धि योजना प्रभावकारी ढंगबाट लागु गर्नुपर्ने, सदस्यहरुमा नियमित मासिक बचत अनिवार्य र निरन्तर गर्नुपर्ने सुझाव सभामा दिए । 

गत आर्थिक वर्षमा संस्थाले ९ परिवारलाई मृत्यु राहत, ४ सदस्यलाई स्वास्थ्य उपचार, २ जना सदस्यलाई अल्पकालिन सापटी र २१ जना सदस्यलाई प्रसुति सेवा सुविधा प्रदान गरेको जनाएको छ ।

tapai hamro 4.jpg

tapai hamro 5.jpg