नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिना (श्रावण देखि मंसीर)को आर्थिक स्थितिका प्रमुख झलकहरु यसप्रकार रहेका छन् ः
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.११ प्रतिशत छ ।
- आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ ।
- शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडलेघाटामा छ ।
- कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ ।
- संघीय सरकारको खर्च रु.३८७ अर्ब ३ करोड र राजस्व परिचालन रु.४१२ अर्ब ४० करोड छ ।
- विस्तृत मुद्राप्रदाय १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको
छ । - बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी ११.१ प्रतिशतले
बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर ३०.१
प्रतिशत छ ।