शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न 

पौष २६, २०७८ सोमबार
हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न 

 

हिमालयन बैंकद्वारा आयोजित गल्फ प्रतियोगिता–२०२२ सम्पन्न भएको छ । रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित दुईदिने स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जितेका छन् । त्यसैगरी ३७ अंकका साथ मेजर जनरल विजय मोक्तनले दोश्रो पुरस्कार प्राप्त गरे । 

महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित सफल भए । विभिन्न विधामा सम्पन्न प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भए । 

यसैगरी पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंक र महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ हात पारे । जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जितेका छन् भने जुनियर क्लोजेष्ट टु द पीन श्री इदान्त सिंह साउडले जिते ।

पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा संचालक विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान गर्दै आएको र भविष्यमा पनि गरिरहने जनाएका थिए ।