नेपाल सहकारी पत्रकार समाजका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले सहकारी बैंक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष विभिन्न बिधामा प्रदान गर्ने पुरस्कार तथा सम्मान सहकारी अखबार डटकमका कार्यकारी सम्पादक दाहाललाई प्रदान गरेको हो ।
बैंकको १८ औं बार्षिक साधारण सभामा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले उक्त पुरस्कार प्रदान गरेका हुन् । दाहाललाई सहकारी क्षेत्रको समाचार संकलन तथा सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास प्रवर्धन र सामाजिक रुपान्तरणमा योगदान गरेकोमा पुरस्कार प्रदान गरेको जनाइएको छ ।