नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११औं साधारणसभाबाट काजी श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सिजेएनको आज सम्पन्न वार्षिक साधारण सभाबाट आगामी २ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा तुलसी सुवेदी, सचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा प्रयास श्रेष्ठ, सहसचिवमा भेषराज बेल्वासे तथा सदस्यहरुमा सन्तोष रोकाया र सुधा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति आजै शपथग्रहण गरेको छ ।
सिजेएनमा सहकारीका क्षेत्रमा कलम चलाउने ७० जना भन्दा बढी पत्रकारहरु आवद्ध रहेका छन् ।