शनिबार, आश्विन १७ गते २०८३

सेयर बजार ३२.०३ अंकले बृद्धि

पौष १९, २०७८ सोमबार
सेयर बजार ३२.०३ अंकले  बृद्धि

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । बजार मापन गर्ने सूचक ३२.०३ अंकले बढेर परिसूचक २६१६.९४ बिन्दुमा रोकिएको छ । २३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक २५.४०, विकास बैंक ७३.२८, फाइनान्स कम्पनी ४२.८१, जलविद्यूत १०.११, जीवन बीमा ९३.८८, माइक्रोफाइनान्स १४५.१५, निर्जीबन बीमा समूहको उपसूचक ६१.३६ अंकले बढेको छ । 

बजारमा  देखिएको सुधारले लगानीकर्ता पनि आकर्षित देखिन थालेका छन् । कारोबारमा मध्ये भोटेकोशी जलविद्यूतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ कर्पोरेशनको सेयर लगानीकर्ता मालामाल बनेका छन् । यस्तै रु रु जलविद्यतु कम्पनी, नेपाल बंगलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।