शुक्रबार, कार्तिक ७ गते २०८३

सिम्बोलिक साकोसको दशौं साधारणसभा सम्पन्न

पौष १२, २०७८ सोमबार
सिम्बोलिक साकोसको दशौं साधारणसभा सम्पन्न

 

सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

सभामा संस्थाका अध्यक्ष जयराम गिरिले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुलाई दिने वित्तीय सेवाको गुणस्तर वृद्धि गर्दै व्यवसायिक क्षेत्रमा लगानी गरी आर्थिक उत्थानमा दरिलो टेवा पुर्‍याउन संस्था क्रियाशील रहेको जनाए । कोभिड १९ को महामारीका कारण सदस्यहरुलाई पर्न गएको मारबाट केहि भएपनि राहत दिन असार मसान्तसम्म ब्याज भुक्तानी गर्ने सदस्यलाई विशेष सहुलियत दिनुका साथै कर्जा नविकरणको अवधि थप गरिएको जनाए । 

Symbolic 2.jpg

कोषाध्यक्ष हरिराम गिरिले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै  संस्थाको शेयरपुँजी २ करोड ३१ लाख २० हजार, बचत संकलन ७ करोड ८५ लाख १० हजार र ऋण लगानी ८ करोड ७३ लाख ५७ हजार रुपैयाँ पुगेको जानकारी गराए । संस्थाको कुल सम्पत्ति १० करोड ६२ लाख १७ हजार रहेको छ । 

संस्थाका लेखा सुपरीवेक्षक समितिका संयोजक ध्रुवराज गिरिले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका विभिन्न समिति र उपसमितिलाई चलायमान बनाउन, ऋण लगानीका लागि विधिसम्मत कागजात, पर्याप्त धितो सुरक्षणको व्यवस्था तथा जोखिम अध्ययन गर्नुपर्ने सुझाव दिए । 

संस्थामा १३५० जना सदस्य रहेका छन् । साधारण सभाको अवसर पारेर संस्थाका तीन जना जेष्ठ सदस्यलाई सम्मान समेत गरेको छ ।